१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


भारतमा सरकारको आलोचक मानिने पाँचजना समातिए


0
Shares

काठमाडौं, भदौ १४ । भारतमा मानवअधिकारलगायतका विषयमा सरकारको आलोचक मानिने पाँचजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा वामपन्थी विचारक एवं कवि वरवर राव, वकिल सुधा भारद्धाज, मानवअधिकार कार्यकर्ता अरुण फेरा, गौतम नवलखा र वरनान्न गौन्जाल्विस छन् ।

उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

उनीहरुलाई अर्को सुनुवाइ नहुन्जेलसम्म नजरबन्दमा राख्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ ।

आलोचकहरुले बुद्धिजीवीको पक्राउले मोदी सरकार आफ्नो नीतिको आलोचना सहन सक्दैन भन्ने धारणालाई बल पुर्‍याएको बताएका छन् ।

महाराष्ट्रस्थित पुणेका प्रहरी अधिकृत शिवाजी बोडखेले बीबीसीसँग कुरा गर्दै पक्राउ पर्ने सबैलाई ‘माओवादी हिंसाको दिमाग’ भएको बताएका छन् ।

उनीहरु हिंसालाई बौद्धिकरुपबाट पोषित गर्ने व्यक्ति भएको बताउँदै बोडखेले सबैलाई पुणे ल्याएर अदालतमा पेस गरिने जनाएका छन् ।

यसैबीच, उनीहरुको पक्राउविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट दायर गरिएको पीटीआइले जनाएको छ ।

उता, भारतको राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीले पक्राउ गरेर मानवअधिकारको उल्लंघन गरेको आरोप लगाएको छ ।