Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


रुसी पत्रकारलाई ६ वर्ष जेल


481
Shares

एजेन्सी । झुठो समाचार फैलाएको आरोपमा रुसका एक पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ ।

पत्रकार मारिया पोनोमारेन्कोलाई साइबेरियाको बर्नौलको अदालतले गलत समाचार फैलाएको भन्दै ६ वर्षको जेल सजाय सुनाएको हो ।

रुसी लडाकु विमानले युक्रेनको थिएटरमा गरेको घातक हमलाको बारेमा मारियाले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

यसअघि उनलाई पाँच वर्षसम्म पत्रकारिताका गतिविधिमा पनि रोक लगाइएको थियो ।

पोनोमारेन्कोलाई गत अप्रिलमा हिरासतमा राखिएको थियो । गत मार्चमा मारियुपोल थिएटरमा बम विस्फोट हुँदा सयौँ सर्वसाधारणको मृत्यु भएको थियो ।