Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न स्थानीय तहको ढिलाइ


65
Shares

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही फागुन १० गतेसम्ममा स्थानीय तहको स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न पत्राचार गरेको छ ।

मन्त्रालयले बनाएको कार्यविधिअनुसार हालसम्म ५९ वटा स्थानीय तहले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेकोमा मन्त्रालयले हालै पत्रमार्फत सो आग्रह गरेको हो ।

स्थानीय तहले पुस मसान्तभित्र स्वमूल्यांकन प्रतिवेदन तयार गरी माघ पहिलो साताभित्र पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

फागुन १० गते राति १२ बजेपछि स्थानीय तहको स्वमूल्यांकनको नतिजा सार्वजनिक गर्ने प्रणाली बन्द हुने जानकारी दिँदै मन्त्रालयको स्थानीय तह समन्वय शाखाका अधिकृत चिरञ्जीवी नेपालले भन्नुभयो, ‘नतिजा सार्वजनिक गर्न बाँकी स्थानीय तहले सो समयभित्र नतिजा सार्वजनिक गर्न भनेका छौं ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।