
विराटनगर । झण्डै साढे २ अर्बको लागतमा विराटनगर विमानस्थालको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलकै मापदण्डको नयाँ टर्मिनल भवन निर्माण हुने भएको हो । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भवन शिलान्यास गरेका छन् । २ अर्ब ४२ करोड (भ्याट बाहेक) लागतमा निर्माण हुने टर्मिनल भवन १६ हजार २ सय ७७ वर्गमिटरको हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जानकारी दिए ।
उक्त टर्मिनल भवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको दोस्रो ठूलो हुने उनको भनाई छ ।अधिकारीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार वर्गमिटरको छ । साथै गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका भैरहवाको टर्मिनल भवन १५ हजार वर्गमिटर फैलिएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्