Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


प्रधानमन्त्री निवासलाई गिज्याउने दृश्य


390
Shares

काठमाडौं । नेपालको राजनीतिक, प्रशासनिक क्रिया, प्रक्रिया र व्यवस्था सम्बन्धमा सधैँ चासो र चर्चामा रहने गरेका महत्वपूर्ण दुई स्थान सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, नेपालमै बस्ने र नेपाल हेर्न आउने सर्वसाधारणदेखि विद्वान्, प्रबुद्ध वर्ग र राजनीतिक रापताप बुझेकालाई पनि कस्तो न होला रु भन्ने लाग्छ। यो स्वाभाविक पनि छ।

नेपालको इतिहासमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायतको वकिङ्गघम प्यालेस देखेर राजर्षि ठाँटको प्रशासनिक भवन सिंहदरबार बनाएकोबारे सबै जानकार छन्। यसको वरिपरि पनि प्रशासनिक माहोल छ। छरछिमेक मिलेको स्वरूपमा देखिन्छ। त्यहाँ सर्वसाधारणले स्वतन्त्र भएर घुम्ने अवसर छैन। सधैँ निहित स्वार्थका लागि मरिहत्ते गर्नेहरू त्यहाँ प्रवेश गरेका देखिन्छन्। उनीहरूका चलाखी र दलाली पद्धतिले सर्वसाधारण त्यहाँसम्म पुग्न सक्दैनन्।

त्यसैले सिहंदरवार घुम्ने र हेर्ने उत्कट चाहना बोकेका जिज्ञासु शायदै भित्र गएका पाइन्छन्। यसको तुलनामा बालुवाटार प्रवेश निषेध र प्रवेश सहजका रूपमा छ। प्रधानमन्त्रीको जिल्लाको नाम लिनोस्, प्रधानमन्त्रीकै पार्टीको कार्यकर्ता बन्नुहोस्, प्रवेश सहज छ। बिचौलियाको जालोमा बाँधिएको वा त्यस्ता श्रव्यदृष्य सामग्रीमा नेता बिचौलियासँग कुरा गर्न लागेको वा हात मिलाएको फोटो, भिडियो छ भने सबै सहज छ।

याे समाचार आजकाे नागरिक दैनिकमा प्रकाशित छ ।