सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर तनाव ग्रस्त बनेकाे छ । आन्दोलनले उग्र रुप लिएपछि वीरेन्द्रनगर तनाव ग्रस्त बनेकाे हाे ।
मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते हुनुभएकाे छ।
आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । यस्तै प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो ।
अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्याएको छ ।
आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन गरिहरेका छन् ।





प्रतिक्रिया दिनुहोस्