Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


सरकारद्वारा सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्प डेस्क’ राख्ने निर्णय


65
Shares

काठमाडाैं । सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो।

यही माघ पहिलो साता प्रधानमन्त्रीले श्रमसचिवसहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीले अनेकौँ झमेला र सास्ती भोग्नुपरेकाले त्यस्तो समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले गृहकार्य गरेको थियो।