Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


पाँच वर्षमा २५ प्रतिशत बढे भ्रष्टाचारका उजुरी, फर्स्यौटमा ढिलाइ


78
Shares

काठमाडौं । ‘म भ्रष्टाचार गर्दिनँ र कसैलाई भ्रष्टाचार गर्न दिन्नँ’ भन्ने सरकारको नारा भएपनि हरेक वर्ष मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापना दिवसको अवसरमा शनिबार प्रकाशित गरेको तथ्यांकअनुसार ५ वर्षमा २४.८५ प्रतिशतले भ्रष्टाचारको उजुरी बढेको छ । यसले मुलुकमा भ्रष्टाचार बढ्दो क्रममा रहेको देखाएको छ । अर्कोतिर अख्तियारले समयमा उजुरीबारे फर्स्यौट गर्न ढिलाई गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा भ्रष्टाचार सम्बन्धी १९ हजार ४ सय ८८ वटा उजुरी परेका थिए । जसमध्ये २ हजार ४ सय फर्स्यौट भएका थिए । ७ हजार ८८ उजुरी बाँकी छन् ।

त्यसयताको ५ वर्ष अर्थात आव २०७८/०७९ मा २४ हजार ३ सय ३१ वटा उजुरी परेका छन् । यसमध्ये १७ हजार १ सय ६९ वटा उजुरी फर्स्यौट भएका छन् । ७ हजार १ सय ६२ भ्रष्टाचारका उजुरी बाँकी छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।