१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इजिप्टमा सुरक्षा कारवाहीमा परी २० जना जियादीको मृत्यु


0
Shares

काठमाडौं । इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दाबी गरेको छ ।

सेनाको पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको पछिल्लो सुरक्षा कारबाहीमा २० जना जियादीको मृत्यु भएको हो ।

जियादीहरुले लिबियासँगको सीमा क्षेत्रमा अवरोध गरेकाले सेनाले केही दिनदेखि सुरक्षा कारबाही बढाएको सैन्य अधिकारीले जनाएका छन् ।

यस वर्ष चलाइएको सुरक्षा कारबाहीमा परी अहिलेसम्म झन्डै ३०० शंकास्पद जियादी र त्यस क्रममा करिब ३५ जना सुरक्षाकर्मी मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)