Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


काठमाडौंसँगको दूरी छोट्याउँदै वासिंगटन

अमेरिकी उच्च अधिकारीद्वारा सातैपिच्छे नेपाल भ्रमण

377
Shares

काठमाडौं । दुई महिना पुग्दै गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग वासिंगटनले ‘बलियो सम्बन्ध’ बनाउन खोजेको संकेत गरेको छ ।

अमेरिकी राजनीतिक मामिलाका उपविदेशमन्त्री भिक्टोरियो नुल्यान्डको भ्रमण भएको एक सातापछि नै अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रशासक सामन्था पावरले पनि नेपाल भ्रमण गरेबाट यो संकेत मिलेको हो ।

नेपालमा कम्युनिस्ट सरकार बन्नेबित्तिकै चीन समर्थक र कांग्रेस सरकार बन्नेबित्तिकै भारत समर्थकको ‘बिल्ला’ भिराउने परम्परागत विचार अन्त्य गर्नुपर्ने र छिमेकी मित्रराष्ट्रसँग निःस्वार्थ सम्बन्ध स्थापित गर्दै आएको संकेत दिन यी भ्रमण सफल हुने नेपाली अधिकारीको विश्वास छ ।

सामन्थाको भ्रमणपछि अर्काे अमेरिकी उच्चपदस्थ अधिकारीले फेब्रुअरी मध्यतिर नेपाल भ्रमण गर्ने कार्यक्रम छ । यसबाट वासिंगटनले काठमाडौंसँगको दूरीलाई नजिक बनाउन चाहेको स्पष्ट देखिन्छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।