Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


माओवादीको साथ पाउनेमा कांग्रेस आशावादी


611
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको परिणाम आफूअनुकूल हुनेमा आशावादी बन्दै गएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सत्ता साझेदार दलहरूबीच बढ्दै गएको अविश्वास र तिक्ततासँगै कांग्रेस नेताहरू नयाँ राष्ट्रपति आफ्नै पार्टीको बन्नेमा आशावादी देखिएका हुन् ।

कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेलगायत दलको समर्थनमा दाहाल प्रधानमन्त्री भएका हुन् । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर माओवादीसँग बिग्रिएको सम्बन्ध सुधार प्रयास थालेको थियो ।

प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिने कांग्रेस निर्णयलाई गठबन्धनको ठुलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि ढोक्सो थापेको रूपमा व्याख्या गर्दै आएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।