Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


जनताको करमाथि अत्याचार

राजस्व संकलन र खर्च दुवैमा व्यापक भ्रष्टाचार

156
Shares

काठमाडौं । सार्वजनिक ओहोदामा बसेका राष्ट्रसेवक तथा उच्च पदस्थले जनताको करमाथि अत्याचार गर्दै भ्रष्टाचारमा लिप्त हुने गरेको पाइएको छ ।

उनीहरूले सरकारी कोषमा राजस्व संकलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार गर्ने प्रवृत्ति विद्यमान रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका अनुसार राज्यको आम्दानीको परिणाममा अधिकतम वृद्धि हुनेगरी राजस्व संकलन तथा असुलीको जिम्मेवारी पाएका कर्मचारी तथा पदाधिकारीबाटै राजस्व असुलीको कार्यमा चरम लापर्बाही गरी अनुचित कर छुट दिने र राजस्वमा उठेको रकम नै हिनामिना गरी भ्रष्टाचार गर्ने गरेको पाइएको छ ।

यसैगरी न्यून कर निर्धारण, कर परीक्षणमा गडबढीजस्ता भ्रष्टाचारजन्य कार्यसमेत गर्ने गरेको अख्तियारको अध्ययनले देखाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।