Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


एशियन गैंडा संरक्षणका लागि घोषणपत्र जारी


65
Shares

काठमाडौं । एशियन गैंडा संरक्षणको लागि चितवन घोषणपत्र जारी भएको छ ।

गैंडा पाइने एशियाली मुलुकहरु भुटान, भारत, एण्डोनेशिया, मलेसिया र नेपालको उच्च सरकारी अधिकारीहरु, विश्व संरक्षण संघको स्पेसिस सरभाइभल कमिशनका अधिकारीहरु, एशियन गैंडा विज्ञ समूह, संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरु, विज्ञहरु, गैंडा संरक्षणका लागि आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याउने दातृ निकायका प्रतिनिधिहरूबीच सहकार्य भई धोषणपत्र जारी भएको हो ।

उक्त घोषणा पत्रमा गैंडा पाइने एशियाली राष्ट्रहरुको ६ वटा मुख्य विषयगत क्षेत्रहरु गैंडा सरक्षण, गैंडाको संख्या व्यवस्थापन बासस्थान व्यवथापन, अनुसन्धान, अनुगमन तथा सूचना आदानप्रदान, समन्वय र सहकार्यमा सहमति जनाइएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।