२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सञ्चार माध्यम मुलुकको दुस्मन भएको आरोप


429
Shares

काठमाडौं । आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले सञ्चारमाध्यमप्रति चर्को आक्रोश पोखेका छन्। उनले सञ्चारमाध्यमलाई मुलुकको दुस्मन भन्न पनि भ्याए। ‘देशलाई विदेशीको अड्डा बनायो भनिन्छ, त्यो होइन। केही मिडियाले विदेशीको एजेन्ट हुँ भनेर देश बिगारेका छन्,’ उनले भने। विदेशी मुलुकका नाम लिएर यहाँ सञ्चार माध्यमले तर्साउने गरेको उनको भनाइ थियो।

पत्रकार सम्मेलनकै क्रममा उनले विभिन्न सञ्चारमाध्यमका नाम लिँदै निकै तल्लो स्तरको टिप्पणी पनि गरे। जसमा उनले विभिन्न सञ्चार गृह, सञ्चार उद्यमी, वरिष्ठ पत्रकार र सम्पादकलाई मुछेका थिए। सञ्चारमाध्यमकै समाचारबाट प्रभावित भएर सर्वोच्च अदालतले आफूविरुद्ध फैसला गरेको पनि लामिछानेले दाबी गरे।

२०७४ सालको निर्वाचनमा उम्मेदवार रहेका १५ जना उम्मेदवारको योग्यतासम्बन्धी सर्वोच्चमा १५ थान मुद्दामध्ये पाँचवटाको मात्रै अन्तिम टुंगो लागेको उल्लेख गर्दै उनले आफ्नो मुद्दा सञ्चारमाध्यमकै कारणले छिटो सुनुवाइ भएको बताए। ‘अदालतमा कति मुद्दाको चाङ छ होलारु तर मेरै मुद्दा अगाडि किन सुनुवाइ भयोरु मेरै मुद्दा छिन्न लाइन मिचियो। खैर ठीक छ, म त्यसलाई स्वीकार गर्छु,’ उनले भने।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।