Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीद्वारा चन्द्रागिरि हिल्सको भ्रमण


65
Shares

काठमाडौं । मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीद्वारा काठमाडौंको चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको छ ।

शनिबार मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्मालीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत गर्नुभएको थियो ।

चन्द्रागिरिको भ्रमणका क्रममा इस्लामीले एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स मलेसियाको पर्यटकीय पुर्वाधार ग्यान्टिङ्ग हाइल्याण्डसँग मिल्दोजुल्दो रहेको बताउँदै गृहमन्त्री इस्लामीले यो परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पुर्वाधार निर्माणमा नेपाललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

आइएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकाल आइएमईको व्यावसाय विस्तारका क्रममा लामो समय मलेसिया बस्दा त्यहाँको ग्यान्टिङ्ग हाइल्याण्डबाट प्रभावित भइ यो परियोजना निर्माणमा लाग्नुभएको थियो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।