२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


नेपाल लाइफ इन्स्योरेन्सको नाफा २३७ प्रतिशत


299
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको जनाएको छ ।

कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा २ सय ३७ प्रतिशतको उछाल आएको जनाएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड बराबर खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड बढी आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।