Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


भोजपुरमा बाँदरको आतंकका कारण बस्ती खाली हुँदै


65
Shares

काठमाडौं । भोजपुरमा बाँदरले आतंक मच्चाएका कारणले बस्ती नै खाली हुने अवस्था आएको छ ।

बारीमा लगाएको अन्न बाली, तरकारी र फलफूल बाँदरले नष्ट गर्ने क्रम तीब्र गतिमा भएकाे हाे । जसले गर्दा रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीय बस्ती छाडेर हिड्न थालेका छन् । बाँदरको उपद्रोका कारण यहाँका दर्जन बढी घर विस्थापित भएका छन् ।

बाली जोगाउन समस्या भएपछि बाध्य भएर बस्ती छाड्नुपर्ने अवस्था आएको स्थानीयकाे गुनासाे छ । १०–१२ वर्ष अघिसम्म विरलै बाँदर लाग्ने यस ठाउँको तल्लो भेगका मानिसहरु बसाई सरेपछि गाउँभरी बाँदरहरूले आतंक मच्चाएका छन्।

बाँदर धपाउन विभिन्न उपाय गरिए पनि बाँदरले टेर्नै छाडेको भोजपुर नगरपालिका–५ का स्थानीयवासीहरू बताउँछन् ।

Skip This