Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


सांसद चाैधरीलाई छाड्न नागरिक उन्मुक्तिको राँके जुलुस


208
Shares

धनगढी । प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरी पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा राँके जुलुसहित प्रदर्शन गरेको हो।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा नाउपाले विरोधमा राँके जुलुसहित प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

१३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो।

साेही मुद्दाकाे कार्यान्वयनका लागि बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ ।