१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सांसदहरु काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन् : उपसभामुख राना


91
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताउनुभएको छ ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपसभामुखलाई उप/चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताउनुभयो ।

आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको बताउनुभयो । उहाँले उपसभामुख अब चुप नभइ (उपर) अर्थात् झनै माथि जाने भएको बताउनुभयो । उहाँले संसदमा महिला सांसदहरुले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताउनुभयो । उहाँले सांसदहरु काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेठ्ने बताउनुभयो ।

उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने बताउनुभयो ।