
एजेन्सी । हलिउड चर्चित अभिनेत्री एनी वर्शिंगको निधन भएको छ ।
एनीको गत आइतबार बिहान लस एन्जलसमा निधन भएको हो । एनीको निधको खबर उनको नजिकको साथीले सञ्चार माध्यमलाई दिएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । क्यान्सरको कारण उनको ४५ वर्षको उमेरमा निधन भएको हो । एनी अभिनेता स्टीफन फुलकी पत्नी हुन् । उनीहरूको ३ सन्तान रहेका छन् ।
सेन्ट लुइस, मिसौरीमा जन्मेकीएनीले आफ्नो दुई दशकको करियरमा दर्जनौं टेलिभिजन कार्यक्रमहरूमा काम गरेकी थिइन् । उनले चलचित्र २४, बोश, द भ्याम्पायर डायरी, मार्भल्स रनवेज, द रुकी आदिमा अभिनय गरेकी थिइन् ।
एनीलाई सन् २०२० मा क्यान्सर भएको पत्ता लागेको थियो । तर, उनले आफ्नो काम भने जारी नै राखेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्