Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


‘पठान’ को कमाइ दैनिक सय करोड


195
Shares

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड भारतीय रुपैयाँ कमाइरहेको छ।

भारतीय सञ्चार माध्यामहरुका अनुसार फिल्मले विश्वव्यापी रूपमा पहिलो दिन १०६ करोड भारतीय रुपैयाँ कमाएको थियो भने दोस्रो दिन ११३ करोड ६० लाख र तेस्रो दिन ११२ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

भारतीय बजार विश्लेषक रमेश बालाले आफ्नो ट्वीटर मार्फत सो कुराको जानकारी दिएका छन् । उनले फिल्मले ४ दिनमा विश्वभरबाट कुल ४ सय करोड कमाएर नयाँ रेकर्ड राखेको बताएका छन्।

उनले भनेका छन्, ‘फिल्म चाैथो दिनमा ‘पठान’ को हिन्दी संस्करण २ सय करोड क्लबमा समावेश भएको छ। २ सय करोड क्लबमा समावेश भएसँगै यसले ‘केजिएफ २’ र ‘बाहुबली २’ को रेकर्ड तोडेको छ।’

फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिका रहेका छन् भने सलमान खान केमियो भूमिकामा देखिएका छन् ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको उक्त फिल्मले यतिबेला दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।