Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


गल्याङमा १३ तोला सुन र १ लाख ५० नगद हजार चोरी


754
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बिहीबार राति चोरी भएको छ।

१३ तोला सुनसहित लाखौँ रकम बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

गल्याङ नगरपालिका ४ बस्ने भुपुराज न्यौपानेको घरबाट १३ तोला बराबरको सुनको विभिन्न गरगहना र नगद १ लाख ५० हजार रुपैयाँ चाेरी भएको हो।

अन्य पाँचवटा घरमा पनि लत्ताकपडा चोरी भएको भएकाे प्रहरीले जनाएकाे छ । चारीमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।