२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


तिलगंगालाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता


52
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र तिलगगा अँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतबीच शनिबार भेटवार्ता भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भएकाे हाे ।

डा. रुइतले तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालयका रुपमा विकास गर्न सरकारलाई आग्रह गर्नुभएकाे थियाे । प्रधानमन्त्रीले पनि डा. रुइतको चाहना अनुसार विश्वविद्यालय बनाउन सहयोग गर्ने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री दाहालले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो सम्मानले नेपालको शीर उँचो राखेको बताउनु भयाे।

प्रधानमन्त्री दाहालले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयाे।

भेटका अवसरमा डा.रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गर्नुभएकाे थियाे ।