Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


डडेल्धुरामा पाँचौं महोत्सव मेला


130
Shares

डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा ११ दिने प्रदेश स्तरिय महोत्सव आयोजना हुने भएको छ ।

“कृषि पर्यटन उद्योग र व्यापार, समृद्ध डडेल्धुराको आधार” भन्ने मूल नाराका साथ फागुन ४ देखि १४ गते सम्म सञ्चालन हुने महोत्सवमा डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न कला संस्कृति खेलकुद तथा औद्योगिक सम्भावनालाई उजागर र प्रवर्द्धन गर्ने उद्देश्यले पाँचौं व्यापार मेलाको रुपमा महोत्सव गर्न लागिएको आयोजक संस्था उद्योग बाणिज्य संघ डडेल्धुराले जानकारी दिएको छ ।

स्थानीय उत्पादन, स्थानीय कला संस्कृति र पहिचानलाई प्राथमिकता दिदै करिब ७२ लाख खर्च गरेर विभिनन स्टल निर्माण तथा सुदूरपश्चिमका प्रसिद्ध पर्यटकिय क्षेत्रको हेलिकप्टरद्वारा अवलोकन,पश्चिम सेतीमा र्‍याफ्टिङ, लोपोन्मुख भेषभूषाको प्रस्तुति सँगै ऐतिहासिक स्थलको अवलोकन गराउने कार्यक्रम पनि रहेको आयोजकले पत्रकार सममेलन मार्फत जानकारी दिएका हुन् ।

कृषि जडीबुटि उपज तथा उद्यमीको उत्पादनको प्रदर्शनी र बजारीकरण,प्रचारप्रसार, लोकसंस्कृतिको जगेर्ना र प्रोत्साहन, कोरोनापछि नागरिकमा आएको त्रासबाट मनोरञ्जन गराउने, स्थानीय परिकारको प्रचारप्रसार, पालिका स्तरिय भलिबल प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु प्रस्तुत हुनेछ।