Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


स्रोत नखुलेको साढे २२ लाख रुपैयाँ बरामद, २ जना पक्राउ


78
Shares

काठमाडौं । वीरगञ्जमा स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुको साथबाट ५०० र १००० दरका साढे २२ लाख रुपैयाँ नगद भएकाे हाे ।

वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेपछि पक्राउ गरिएकाे हाे ।