काठमाडाैं । सरकारले २५ औं भूकम्प दिवस देशभर सचेतनामुलक कार्यक्रम गरी मनाउने भएको छ ।
आज शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलन गरी भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार भन्ने मूलनारा साथ दिवस मनाउन लागेको जानकारी दिएको हो ।
विभागले भूकम्पीय जोखिम न्युनिकरण तथा सचेतनाका कार्यक्रम गाउँपालिका, नगरपालिका, महानगरपालिका स्तरीय कार्यक्रम गरी देशव्यापी रुपमा मनाउने बताएको छ ।
पत्रकार सम्मेलनमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २५ औं भूकम्प दिवसको मुल समारोह काठमाडौंको कमलपोखरीमा माघ २ गते गरिने जानकारी दिनुभयो ।
उहाँले भूकम्पीय सचेतनाको लागि सरकारले देश व्यापीरुपमा गरिने कार्यक्रमको सूची नै तयार पारेको बताउनुभयो ।
भवनसंहिता कार्यान्वयनको महत्व र विद्यमान भूकम्पीय जोखिमको बारेमा व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ ।





प्रतिक्रिया दिनुहोस्