२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


‘फोन पे’को नेटवर्कमा जोडियो ‘माइ पे’


1.391k
Shares

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडिएको छ ।

सोमबार काठमाडौंका एक कार्यक्रमबीच माई पेले फोन पेसँग सहकार्य गर्ने सम्झौता भएको हो ।

सम्झौतामा पत्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र माइ पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सहकार्य सम्झौतामा हस्ताक्षर गर्नुभयो । सम्झौता भएसँगै करिब ८ लाख भन्दा बढी सेवाग्राही भएको माइ पे विधिवत रुपमा सोमवारदेखि फोन पे को नेटवर्कमा जोडिएको छ ।

सम्झौता भएसँगै अब फोन पे का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा माइ पेका सेवाग्राहीले क्युआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

सम्झौतामा हस्ताक्षरपछि बोल्दै फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले माइ पे लाई फोन पे को नेटवर्कमा जोड्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले अब माइ पे का प्रयोगकर्ताले पनि क्युआरमार्फत भुक्तानी गर्न पाउने बताउनुभयो । उहाँले माइ पेसँगको सहकार्यले डिजिटल भुक्तानी बढाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, माइ पे का प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले आफ्ना सेवाग्राहीलाई थप सुविधा दिन फोन पे को नेटवर्कमा जोडिएको बताउनुभयो । उहाँले फोन पेसँगको सहकार्यले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले माइ पेले डिजिटल कारोबारलाई कसरी व्यवस्थित बनाउने भन्ने काम गरिरहेको बताउनुभयो ।