३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


ग्लोबल आईएमई र बैंक अफ काठमाण्डु मर्जपछिको एकीकृत कारोबार आजदेखि सुरू


169
Shares

काठमाडौं । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डु मर्ज भएपछिको एकीकृत कारोबार आज साेमबारदेखि सुरु हुने भएको छ।

मर्जपछि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । एकीकृत कारोबारका लागि प्रणाली स्वाप गर्नका लागि शनिबार र आइतबार कारोबार बन्द गरिएको थियो । बीओकेसँगको मर्जरसँगै ग्लोबल आईएमई बैंको चुक्ता पूँजी ४५ अर्ब ७७ करोड पुगेको छ ।

निक्षेप ४ खर्ब ८ अर्ब र कर्जा प्रवाह ३ खर्ब ७६ अर्ब पुगेको छ । चुक्ता पूँजी, निक्षेप र ऋण लगानीका हिसाबले ग्लोबल आईएमई देशको सबै भन्दा ठूलो बैंक बनेको छ । अहिलेसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स गरी २१ वटा संस्था ग्लोबल आईएमईमा गाभिएका छन्।

मर्जरपछि यो बैंकका देशभरमा ३ सय ६५ वटा शाखा, ३ सय ६७ एटीएम र ४० लाख ग्राहक पुगेका छन् । विदेशमा पनि ३ वटा शाखा रहेको बैंकले जनाएकाे छ ।