Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै


65
Shares

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित मस्यौदा कार्यदलको बैठक शुक्रबार बस्दै छ । नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे बस्दै छ ।

अर्थ मन्त्रालयमा बिहीबार बसेको कार्यदलको बैठकमा सामान्य छलफल भए पनि सहमति जुट्न सकेन । कार्यदलका सदस्य नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।

शुक्रबारको कार्यदल बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिने एक नेताले जानकारी दिनुभयो ।

कार्यदलले दिने मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभन्दा अगाडि नै सरकारको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्ने तयारी छ ।

मन्त्री पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाका १–१ जना सदस्य छन् ।