Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


एमालेप्रति झलनाथको कटाक्षः सरकारमा प्रतिगमनकारी पनि छन्


858
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिनुभएको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेकपा (एकीकृत समाजवादी)अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताउनु भयो । उहाँले अहिलेको सरकार वामपन्थीहरुको नेतृत्व भए पनि खुट्टा अर्कैले टेकेको बताउनु भयो ।

उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै सरकारमा प्रतिगमनकारी,पुनःउत्थानवादीहरु सामेल रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ । यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडी जस्तो छ । वामपन्थीहरुको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरु छन् । प्रतिगमनकारी, पुनःरुत्थानवादी, केके हुन् त्यस्ता छन् । उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन । झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन । उनीहरुले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौँ ।’

सम्मानित नेता खनालले आफ्नो पार्टी सधैँ वामपन्थी एकताको पक्षमा रहेको बताउनु भयो ।