Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सुदूरपश्चिममा सभामुखको निर्वाचन कहिले हुन्छ ?


39
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ।

पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ। यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ।

दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाएका छैनन्। नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सभामुखको उम्मेदवार को बन्ने भनेर पार्टीले टुङ्गो नलगाएको बताउनु भयाे।

सुदूरपश्चिम प्रदेश सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयको पनि टुङ्गो लाग्न सकेको छैन। प्रदेश सभामा नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन भने नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले दलको नेता चयन गरिसकेका छन्।

सभामुखको उम्मेदवारीबारे भने छलफलसम्म नभएको प्रदेशसभा सदस्यहरूले बताएका छन्। प्रदेश सभाको पहिलो बैठक भने भोलि (सोमबार) बस्ने सर्वदलीय बैठकबाट निर्णय भएको छ।