Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


जनमत पार्टी मधेश प्रदेश संसदीय दलको नेतामा यादव


169
Shares

काठमाडाैं । जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा महेश प्रसाद यादव चयन हुनुभएको छ ।

दलका नेता चयन गर्न जनकपुरमा पुस ५ गते बसेको बैठकमा सहमति नजुटेपछि अध्यक्ष डा. सीके राउतलाई नै चयन गर्ने जिम्मेवारी दिइएको थियो ।

सोही बमोजिम अध्यक्ष राउतले दलका नेता यादवलाई बनाएको बुझिएको छ । यादव सप्तरी क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादी परित्याग गरी जनमत पार्टीबाट चुनाव लड्नुभएका यादव माओवादीकै नेता तथा पूर्वमन्त्री उमेश यादवलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । मधेश प्रदेशमा जनमत पार्टीका १३ सांसद छन् । जनमत पार्टीले यो प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ ।