१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


आर्थिक संकट चुलिएपछि इरानका अर्थमन्त्री बर्खास्त


0
Shares

काठमाडौं । इरानको संसद्ले अर्थमन्त्री मसुद कर्बासियाँलाई बर्खास्त गरेको छ ।

इरानमा आर्थिक संकट चुलिंदै गएपछि संसदमा उनीविरुद्ध अविश्वासका प्रस्ताव दर्ता गरिएको थियो ।

इरानको संसद्मा भएको मतदानमा मसुदको पक्षमा १ सय २१ मत र बिपक्षमा १ सय ३७ मत परेको थियो ।

मसुदले बैंकिङ सुधार, ट्याक्स नियमन र अर्थव्यवस्था सम्हाल्न असफल रहेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

इरानमा गत दुई साता अघि श्रममन्त्री अली रबेइलाई महाअभियोग लगाई पदमुक्त गरिएको थियो ।

यसैबीच इरानमा राष्ट्रपति हसन रुहानीले इरानमा बढ्दो महंगीका बीच आर्थिक संकट समाधानका लागि सरकार लागिपरेको जनाएका छन् ।

अमेरिकाले पुनः प्रतिबन्ध लगाएपछि इरानको आर्थिक स्थिति ओरालो लागेको हो ।(एजेन्सी)