Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


युवराज कार्कीकाे नेतृत्वमा नेपाल राष्ट्रिय जागरण अभियान गठन


754
Shares

काठमाडाैं । बिहीबार राजनैतिक व्यक्तिहरुको जूम भर्चुवल भेला सम्पन्न भएको छ ।

जनता समाजवादी पार्टीका पूर्व उपाध्यक्ष युवराज कार्कीको अध्यक्षतामा भएको उक्त भेलाले नेपाल राष्ट्रिय जागरण अभियान गठन गरेको छ ।

डा‍. केशबमान शाक्य, युवराज कार्की र दान बहादुर विश्वकर्माको संयाेजकत्वमा अभियानको राजनैतीक दस्तावेज लेखनको लागि तीन सदस्य समिती समेत गठन भएको छ |

त्यसैगरि अभियानको राष्ट्रिय भेला आउँदो माघ २२ गते काठमाडाैंमा गर्ने निर्णय भएको छ ।

भेला आयोजना गर्न कार्की, डा. केशबमान शाक्य, दानबहादुर विश्वकर्मा, साजन घतानी, रामहरि कार्की र राजकुमार थापा रहेको समिति बनेको छ ।

युबराज कार्कीको अध्यक्षतामा बसेको बैठकको सञ्चालन टेकबहादुर थापाले गरेका थिए |