१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


पाँचथरमा मिनी म्याराथन प्रतियोगिता जारी


52
Shares

पाँचथर । पाँचथरको फिदिममा पर्यटकहरू भित्र्याउँदै लिम्बु समुदायको ऐतिहासिक संस्कृतिको प्रचारप्रसार प्रर्वद्धन गर्ने उद्धेश्यले चासोक मेला तथा पाँचौ मिनी म्याराथन प्रतियोगिता जारी रहेकाे छ ।

फिदिम नगरपालिका-४ सुम्हात्लुङ परिसरमा सुम्जिरी सुम्हात्लुङ आम्बेपज संरक्षण एवं विकास प्रतिष्ठानको आयोजनामा यहि पुस १३ गतेदेखि याे मेला सुरू भएकाे हो । आन्तरिक तथा बाह्य पर्यकटकहरू भित्राउँदै ऐतिहासिक संस्कृति लिम्बु समुदायको सांस्कृतिक पालम, धान नाच र हाकपारे नाचको उत्थान प्रर्वद्धन गर्ने उद्धेश्यले चासोक मेला सञ्चालन गरिएको नगरपालिका-४ का वडा अध्यक्ष उपेन्द्र लावतीले बताउनुभयो ।

खेलकुदको माध्यमबाट ऐतिहासिक तथा धार्मिक स्थल सुम्हात्लुङ मन्दिर परिसर क्षेत्रको प्रचारप्रसार गर्ने हेतुले मेलाको आयोजना गरिएको उहाँले बताउनुभयो । सुम्हात्लुङ क्षेत्रसहित जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि आयोजित म्याराथन कोभिड–१९ को प्रकोपका कारण विगतका २ वर्ष स्थगित भएको थियो ।

म्याराथन ९.५ किलोमिटर दूरीको हुने भएकाे छ । फिदिम नगरपालिका–४ सुम्हात्लुङ गढीबाट फिदिमका आहालगैरी, जोरसाल, बसपार्क, शनिबारे मन्दिर, हुलाक लाइन, जिल्ला प्रहरी कार्यालय हुँदै पुनः सुम्हात्लुङ पुग्ने म्याराथनको रूट तय भएको आयोजकले जनाएको छ । पर्यटन प्रवर्द्धनका लागि चासोक मेलाका अवसर विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको मेला आयोजक समितिका दीपेन योक्पाङ्देनले जानकारी दिनुभयो ।

यहि पुष २२ गतेसम्म चल्ने मेला अवधिभर मौलिक खानाका परिकारहरुका स्टल तथा रोटेपिङसहितका मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिएकाे छ ।