Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


‘नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक छौं’


416
Shares

काठमाडाैं । भारतीय विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेकाे जनाएकाे छ ।

बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’पुष्पकमल दाहालनेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्न हामी उत्सुक छाैं।’

नेपालमा चुनावपछि बनेको नयाँ सरकार र यहाँको राजनीतिक परिस्थितिका बारेमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासको जवाफ दिँदै बाग्चीले यस्ताे बताएका हुन् ।