Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


महान्यायाधिवक्ता पोखरेलले भने– न्यायक्षेत्र प्रति नागरिकको विश्वास बढाउने गरी काम गर्छाैं


26
Shares

काठमाडाैं । नवनियुक्त महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले न्यायक्षेत्र प्रति नागरिकको विश्वास बढाउने गरी काम गर्ने बताउनु भएकाे छ।

बिहीबार शपथ ग्रहणपछि कार्यभार सम्हाल्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे,’नागरिकमा न्याय क्षेत्र प्रतिको वितृष्ण बदल्ने गरी काम गर्छाैं।’

महान्यायाधिवक्ता पोखरेलले संस्था प्रति जनताको विश्वास बढाउँदै नागरिकको न्याय क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न काम गर्नु पर्ने कुरामा जोड दिनुभयाे ।