Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा पोखरेल नियुक्त


494
Shares

काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणी पोखरेल नियुक्त हुनुभएकाे छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गर्नुभएकाे हाे ।

प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १५७ को उपधारा २ बमोजिम गर्नुभएकाे हाे ।