Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


मन्त्रालय भागवण्डाकाे प्रारम्भिक खाका तयार, कुन पार्टीले कतिवटा मन्त्रालय पाउने ?


7k
Shares

काठमाडाैं । मन्त्रालय बाँडफाँटकाे प्रारम्भिक खाका तयार भएकाे छ ।

जसकाे लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गर्नुभएकाे थियाे ।

स्राेतका अुनसार गठबन्धन भित्र नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाेले ९ देखि १० वटा मन्त्रालय पाउने सम्भवना रहेकाे छ । यद्यपि एमालेको दाबी १२ वटा मन्त्रालयमा छ ।

यस्तै ७ मन्त्रालय दाबी गरेको माओवादीले ५ वटा पाउने सम्भावना छ । रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ।

एकीकृत समाजवादीलाई २ देखि ३ वटा मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास भइरहेको स्राेतकाे भनाइ छ ।
त्यस्तै जसपा र जनमत पार्टीले भने २–२ वटा मत्रालय पाउने सम्भावना छ ।