Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


ताइवानमा सबै पुरुषलाई एक वर्ष अनिवार्य सैनिक सेवा


130
Shares

एजेन्सी । ताइवानमा देशका सबै पुरुषलाई पुनः एक वर्ष अनिवार्य सैनिक सेवा गरिएको छ । ताइवानका राष्ट्रपति साई इङ–वेनले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले चीनको बढ्दो सैन्य दबाबका कारण सेनामा अनिवार्य सेवाको वर्तमान चार महिने अवधि पर्याप्त नभएको बताउँदै नयाँ व्यवस्था गरिएको बताउनुभयो ।

राष्ट्रपति साई इङ–वेनले उच्चस्तरीय सरकारी बैठकपछि गरिएको पत्रकार सम्मेलनमा चीनको ताइवानमाथिको खतरा बढ्दै गएको जनाउँदै एक वर्षको अनिवार्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।