
हरारे, भदौ १० । जिम्बाबेमा इमर्सन नानगाग्वाले राष्ट्रपतिको शपथ लिएसँगै मुलुकको उज्ज्वल भविष्यको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले गत जुनमा भएको चुनावका क्रममा सेना र विपक्षी समर्थकबीचको झडपमा ६ जनाको मृत्यु भएको सम्बन्धमा छानविन गर्ने घोषणा पनि गरेका छन् ।
नाागाग्वा पूर्वराष्ट्रपति रोबर्ट मुगावेको जानु पिएफ पार्टीको नेता हुन् । उनले आर्थिक सुधार गर्दै स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने योजना रहेको समेत बताए ।
गत शुक्रबार संवैधानिक अदालतले नानगाग्वा विजयी भएको ठहर गरे पनि विपक्षी एमडिसी गठबन्धनले चुनावी नतिजा अस्वीकार गर्दै आएको छ । चुनावमा नानगाग्वाले धाँधली गरेको आरोप लगाउँदै विपक्षीले संवैधानिक अदालतमा मुद्दा दायर गरेका थिए ।
जिम्बाब्बेमा मुगावे सत्ताबाट हटाइए यता जुलाई ३० को चुनाव पहिलो हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्