Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


पार्टीलाई बाधा मुक्त राख्ने काममा लाग्छुः प्रधानमन्त्री देउवा


221
Shares

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ ।

बुधबार बिहान कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । सोही अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद समेत गर्नुभयो । उहाँले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,-‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु ।’ कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले २५ मत प्राप्त गर्दा सभापति देउवाले ६४ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे ।