३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


अमेरिकाको क्यालिफोर्नियामा ६.४ म्याग्निच्युडको भूकम्प


182
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ ।

सान फ्रान्सिस्कोबाट २ सय ९५ माइल उत्तरको ग्रामीण क्षेत्र केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण २ जनाको मृत्यु भएको हाे । सयौं घरहरूमा क्षति पुगेको छ । विभिन्न ठाउँमा सडक भासिएकाले यातायाता ब्यवस्था प्रभावित भएको छ ।

भूकम्पपछिको भागदौडमा केही मानिस घाइते भएका छन् । बिहानको समयमा गएको भूकम्पका बेला अधिकांश मानिसहरु मस्त निन्द्रामा थिए । ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पपछि ८० पटक स–साना पराकम्पनहरु गएकोले सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पले घरबाहिर पार्किङमा राखिएका सयौं सवारी साधनमा समेत क्षति पुगेको छ ।