Logo १९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025


संखुवासभाको खराङमा तेस्रो मिनि खेलकुद महोत्सव हुने


1.1k
Shares

काठमाडाैं । संखुवासभाको खराङमा तेस्रो मिनि खेलकुद महोत्सव–२०७९ हुने भएको छ ।

खेलकुद महोत्सवबारे जानकारी दिन आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा आयोजक श्री किरण ज्योति युवा क्लवले युवाहरुलाई खेलकुद क्षेत्रमा सहभागि गराउँदै खेलकुद क्षेत्रको विकासकोलागि महोत्सव गर्न लागेको जनाएको हाे ।

स्वास्थ्यको लागि खेलकुद आवश्यक भएको भन्दै क्लबले वर्षेनी खेलकुदको आयोजना गर्दे आएको छ । यस पटक पनि माघे संक्रान्तिको अवसरमा तेस्रो मिनि खेलकुद महोत्सव २०७९ को आयोजना गर्नलागिएको क्लबले जनाएकाे छ ।

आमन्त्रित प्रथम स्व. सुर्य बहादुर सोम्याहाङ्ग स्मृति कप पुरुष नक आउट फुटबल प्रतियोगिताको राशि प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ, दोस्रो ६६ हजार ६ सय ६६, सान्त्वना पुरस्कार दुई टिमलाई जनही २२ हजार २ सय २२ रुपैयाँ रहेको छ ।

त्यसैगरी आमन्त्रित महिला फुटबल प्रतियोगिता प्रथम ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो २२ हजार २ सय २२ र सान्त्वना दुई टिमलाई जनही ५ हजार रुपैयाँ रहेको छ । युवा क्लवले खुल्ला जातजातिहरुको सामूहिक झाँक्री प्रतियोगितासमेत आयोजना गरेको जनाएको छ ।

झाँक्रीमा प्रथम हुनेलाई दश हजार रुपैयाँ, दोस्रोलाई ५ हजार रुपैया र सहभागी सबै टिमलाई सान्त्वना पुरस्कार दिने क्लबले जनाएको छ । उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरीएको आयोजक क्लबले जनाएकाे छ ।

सोम्याहाङ्ग स्मृति कपमा सहभागी आठ टिम मध्ये दुई टिम जिल्ला बाहिर र ६ टिम जिल्लाबाटै सहभागी हुने जनाइएको छ । त्यसैगरी महिला फुटबलमा जिल्ला भित्रबाटै ४ टिमको सहभागिता हुने आयोजक क्लबले जनाएको छ ।