Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


भारतमा ह्वात्तै घट्याे काेराेना संक्रमण


247
Shares

काठमाडाैं । मङ्गलबार मध्यरात अर्थात २४ घण्टाको समयावधीमा देशभरी कोरोनाबाट कुनै पनि मृत्यु नभएको र १५२ कोरोनाका नयाँ सङ्क्रमित देखापरेको भारतको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

मार्च २०२० यता दक्षिण एसियाली यस ण्देशमा २४ घण्टाको अवधिमा महामारीका कारण कुनै पनि मृत्यु नभएको यो हाल तीन हजार आठ सय ४६ सक्रिय सङ्क्रमित रहेका सरकारद्वारा जारी तथ्याङ्कले जानकारी दिएको छ ।

कोरोनाको महामारीको शुरुवातदेखि हालसम्म कुल मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख ३० हजार छ सय ५८ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म भारतमा चार करोड ४१ लाख ४० हजार सातसय ४३ जना निको भएका छन् । हालसम्म देशभर ९० करोड ८० लाखभन्दा बढी कोभिड–१९ परीक्षण भइसकेको मन्त्रालयको बुधबारको तथ्याङकले देखाएको छ ।