
काठमाडौं । म्यानमारको सैनिक दमनका कारण मुलुक छाड्न बाध्य भई छिमेकी देश बंगलादेशलगायतका मुलुकमा पुगेका रोहिग्या शरणार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।
सैनिक दमनको एक बर्ष पुगेको सन्दर्भमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
आफन्तहरुमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै उनीहरुले आफु रहेको शिविरमै कार्यक्रम गरेका हुन् ।
सैनिक दमनका कारण म्यानमारका करिब सात लाख रोहिंग्याले म्यानमारको राखाइन राज्यबाट पलायन भएका थिए ।
बंगलादेशमा रहेको शिविरमा शरणार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरुले रोहिंग्याको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने कामना पनि गरे । (रासस)
प्रतिक्रिया दिनुहोस्