जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट सडक खण्डको ८३ किलोमिटर सडक निर्माणमा पूरै बेथिति देखिएको छ । गुणस्तरीय निर्माण नहुँदा ठाउँठाउँमा सडक भासिने, कालोपत्र उप्कने र पर्खालहरू भत्कने गरेको छ ।
आयोजना कार्यालयले स्टिमेटअनुसार ठेकेदार कम्पनीले काम नगरेको आरोप लगाएको छ । यो खण्डको कुदुदेखि स्याउली बजारसम्मको १७ किलोमिटर क्षेत्रको सडक जिर्ण बनेको छ ।
कुदुदेखि स्याउली (गिमा) सम्म पिचको काम पूरा भए पनि सडक भत्किँदै गएको छ । यो क्षेत्रको आधा दर्जनभन्दा बढी क्षेत्रमा सडक भासिएको छ । केही ठाउँमा खाल्डा पर्न सुरु गरेको छ ।
कमजोर निर्माण सामग्री प्रयोग भएकै कारण सडक जीर्ण बनेको आरोप लगाइएको छ । ह्युम पाइप, पर्खाल र नाला निर्माण गरिएका क्षेत्रमा बढी जीर्ण बनेको योजना कार्यालय दैलेखले जनाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्