Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


भरतपुर महानगरले पनि निकाल्यो अवैध संरचना हटाउन ३५ दिने सूचना


91
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले जारी गरेको सूचनामा तोकिएको समयभित्र संरचना सम्बन्धित धनीले नहटाए आफैंले हटाउने जनाएको छ ।

संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ । महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल र अन्य संरचना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना हटाउने जनाएको छ ।

सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाइ गरी बनाइएका स्थायी संरचना, नक्सा पासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी अन्य प्रायोजन पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउने पनि जनाईएको छ ।