Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


चेतन अयडीको हत्यामा संलग्न थप २ जना पक्राउ


494
Shares

महेश कार्की

बाजुरा । यहि मंसिर ४ गते सम्पन्न भएकाे निर्वाचनमा बाजुराको त्रिवेणी नगरपालिका-७ मालाकोट बस्ने ३२ वर्षीय अनेरास्वबियुका विद्यार्थी नेता चेतन दिप अयडीको कुटपिटबाट मृत्यु भएकाे थियाे ।

साेही घटनामा संलग्न रहेको अभियोगमा मंगलबार थप २ जनालाई प्रहरीले पक्राउ गरेको हाे । बाजुरा प्रहरीका अनुसार मंगलबार थप दुई जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको हाे । दुई जनालाई भने गत बिहिबार नै पक्राउ गरेको प्रहरीले बताएकाे छ ।

मंगलबार थप दुई जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीकाे भनाइ छ । चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन् । मंसिर ४ गते भएकाे प्रतिनिधि तथा प्रदेश सभाकाे निर्वाचनमा मतदान गरी घर फर्किने क्रममा साेही नगरपालिकाकाे बाजपानीमा नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरी अयडीलाई गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते भएका अयडीको उपचारको क्रममा अस्पताल बयलपाटा लाने क्रममा बाटामा नै मृत्यु भएको थियो।