काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझाम र भव्यताका साथ सुरु गरेको सामाजिक सुरक्षा योजनाले चार वर्ष पार गरेको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले २०७५ मंसिर १२ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गर्दा विकसित मुलुकहरूमा जस्तै जीवनको उत्तरार्धमा सबैले पेन्सन पाउने बताएका थिए ।
यो कार्यक्रम सुरु भएको चार वर्षे प्रगतिलाई हेर्दा भने औपचारिक-अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक तथा कर्मचारी यसबाट उत्साहित हुनुपर्ने अवस्था देखिएको छैन ।
सरकारले सुरक्षा योजनाको कार्यक्रम ल्याए पनि त्यसअनुसार सबैलाई समेट्ने सकेको देखिदैँनन् । निजी क्षेत्रमा काम गर्ने मजदुर, श्रमिक र कर्मचारीलगायत सबैलाई अनिवार्य रुपमा यो योजनाका सहभागिता गराउन नसक्नु नै सरकारको लाचारीपन हो । ओलीले कार्यक्रमको सुरुवात गर्दा सबैलाई समेट्ने भनेका थिए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्